More

    पर्सामा दुईवटा खुट्टा काटेर फालिएको अवस्थामा मृत बाघ फेला

    Must Read

    वीरगंज ३० असोज २०७९ : पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ बगडाडोबमा मृत पाटे बाघ फेला परेको छ। आइतवार बिहान राष्ट्रिय वनबाट करिब ३०० मिटर दक्षिण भलुवाही खोला नजिकै मृत बाघ फेला परेको हो।
    मृत भेटिएको ९ फिट ४ इन्चको बाघको दुईवटा खुट्टा काटेर लगेको पाइएको डिभिजन वन कार्यालय पर्साले जनाएको छ। बाघको मृत्यु तीन-चार दिन अघि भएको र मृत शरीरबाट दुर्गन्ध आउन थालेको डिभिजन वन कार्यालयका प्रवक्ता फरमान मियाँले जानकारी दिए।
    मृत बाघको चितवनबाट आउने प्राविधिक विज्ञहरुको टोलीले पोष्टमार्टम गरेपछि थप विवरण सार्वजनिक गर्ने डिभिजन वन कार्यालयका प्रमुख सुवासचन्द्र दासले बताए।
    हाल मृत बाघको शरीर सब डिभिजन वन कार्यालय बसन्तपुरमा राखिएको छ।

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This