spot_img

जबरजस्ती करणी र गर्भपतन मुद्दाका फरार तेली पक्राउ



वीरगंज, ३० कात्तिक । जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले जबर्जस्ती करणी तथा गर्भ पतन मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको जनाएको छ । प्रहरीले जिल्ला बारा प्रसौनी गा.पा वडा नं.५ बेलहिया टोल निवासी २५ वर्षीय श्याम सुन्दर साह तेलीलाई पक्राउ गरेको जनाएको छ । तेलीले १७ वर्षीया नाबालिकालाई ललाई फकाई पटक/पटक करणी गरेको र नाबालिकाको जबर्जस्ती गर्भपतन गराएको भन्ने नाबालिकाकी आमाले दिएको जाहेरीको आधारमा तेलीलाई पक्राउ गरेको जिप्रका, बाराले जनाएको छ । तेलीलाई २०७९/०७/२८ गते गाउँमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी जवर्जस्ती करणी तथा गर्भ पतन मुद्दा अनुसन्धानको लागि बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ४ को म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार तेली यसअघि विभिन्न अपराधमा संलग्न रहेको आरोपमा पक्राउ परेको जनाएको छ । २०७५/०४/०५ गते र २०७५/१०/०२ गते दुर्ई पटक अभद्र व्यवहार मुद्दामा पक्राउ परी तारेखमा छुटेको जनाएको छ । यसैगरी २०७६/१०/०२ गते लागू औषध खैरौ हेरोइन सहित जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेकोमा पर्सा जिल्ला अदालतको आदेश ३० हजार धरौटी राखि तारेखमा रिहा भएका थिए । यसैगरी २०७८/०७/२१ गते पवन कुमार सिंहको जाहेरीमा आपराधिक लाभ मुद्दामा तेली पक्राउ परी बारा जिल्ला अदालतको आदेशले रू.१ लाख ५० हजार धरौटी राखी तारेखमा रिहा भएका थिए ।

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
- Advertisement -
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर