वीरगंज, ७ मंसिर । लोसपाका रमेश कुर्मी प्रदेशसभा सदस्यमा निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टीले पर्सामा खाता खोलेको छ। पर्सा २ (ख) बाट नेता रमेशप्रसाद कुर्मी प्रदेश सभा सदस्यमा पुनः निर्वाचित भएका हुन। निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार रूपेशमान सिंहभन्दा २ हजार ६३७ मत ल्याएर उनी दोस्रो कार्यकालका लागि प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन। रमेशले ९४७१ मत पाउँदा रूपेशले ६ हजार ८३४ मत ल्याएका छन। रमेशलाई बाम लोकतान्त्रिक गठबन्धनको साथ थियो। एमाले जसपा गठबन्धनका हरेराम प्रसादले ३ हजार ७९० मत ल्याएर तेस्रो भएका छन। मुख्यमन्त्री लालबाबु राउत पुनः प्रदेशसभा सदस्यमा निर्वाचित मधेस प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत पुनः प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । पर्सा क्षेत्र नं १ (२) मा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राउत सात हजार पाँच सय ४५ मतका साथ पुनः प्रदेशसभा सदस्यमा निर्वाचित भएको निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिए । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामनारायण कुर्मीले छ हजार दुर्ई सय १२ मत पाए। पर्सा–४ मा कांग्रेसका रमेश रिजाल विजयी पर्साको निर्वाचन क्षेत्र नम्बर–४ मा कांग्रेसका रमेश रिजाल विजयी हुनुभएको छ। रिजालले एमालेका जालिम मियाँँलाई ५ हजार ५ सय २३ मतले पराजित गर्नुभयो। रिजालले ३१ हजार १ सय ४२ मत र मियाँँले २५ हजार ६ सय १९ मत प्राप्त गरेका छ। माओवादीका रहबर अन्सारी विजयी पर्सा निर्वाचन क्षेत्र १ को प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रहबर अन्सारी निर्वाचित भएका छन। अन्सारी एमालेका उम्मेदवारलाई पराजित गर्दै मधेस प्रदेशसभामा निर्वाचित भएका हुन् । बुधवार बिहान आएको मतगणनाको अन्तिम परिणामअनुसार अन्सारीले एमाले उम्मेदवार विचारीप्रसाद यादवलाई २ हजार २ सय ९८ मतको अन्तरले पराजित गरेका हुन। अन्सारीले ७ हजार ८ सय १७ मत प्राप्त गरेका थिए। एमालेका उम्मेदवार यादवले भने ५ हजार ५ सय १९ मत प्राप्त गरेका हुन। प्रदेशसभा सदस्यमा निर्वाचित अन्सारी २०७४ सालको स्थानीय तह निर्वाचनमा वीरगंज महानगरमा माओवादी केन्द्रबाट मेयरका प्रत्याशी थिए।
प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्