More

    पर्साः प्रदेशसभामा कांग्रेसका क्षत्री र स्वतन्त्र उम्मेदवार जयसवाल विजयी

    Must Read

    वीरगंज, ७ मंसिर । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट स्वतन्त्र र (२) बाट नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार प्रमोदकुमार जयसवालले नेकपा एमालेका अब्दुल रहिम अन्सारी (मञ्जुर) लाई पराजित गरेका हुन् । जयसवालले ७ हजार ३ सय ८१ मत पाउँदा अब्दुलले ५ हजार ९ सय ३० मत पाए । कांग्रेसका जनार्दन सिंह क्षेत्रीले जनता समाजवादी पार्टी (जसपा) की नेतृ मधु गुप्तालाई पराजित गरेका हुन् । क्षेत्री नेपाली काङग्रेस पर्साका सभापति हुन् । क्षेत्रीले १० हजार १ सय ७२ मत ल्याउँदा मधुले ७ हजार ४९६ मत पाइन् । टिकटका लागि पार्टी परिवर्तन गरेर नेकपा एकीकृत समाजवादीबाट चुनाव लडेका प्रल्हाद गिरी गोस्वामीले ६ हजार ५ सय ३ मत पाए । ०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचन लडेका प्रल्हादले जर्नादनलाई पराजित गरेका थिए । प्रल्हाद ६३४५ मत ल्याएर विजयी हुँदा जर्नादन ६२५० मत सहित दोस्रो स्थानमा थिए । निवर्तमान प्रदेशसभा सदस्य प्रल्हाद लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एमाले हुँदै टिकटका लागि एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This