spot_img

वीरगंजमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु, अर्कोको अवस्था गम्भीर



वीरगंज, ११ मंसिर । वीरगंज महानगरपालिकाको नर्सिह विद्यालयनजीकै मोटरसाइकल दुर्घटना हुँदा एकजना युवकको मृत्यु भएको छ भने एक जनाको अवस्था पनि गम्भीर रहेको छ । शनिवार राति ९ः३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १४ नर्सिङ माध्यमिक विद्यालय स्थित मधेश प्रदेश ०३–०२७ प ००९८ नम्बको मोटरसाइकल आफैमा अनियन्त्रित भई दुर्घटना हुँदा वीरगञ्ज महानगरपालिका वडा नं. १२ मुर्ली बस्ने वर्ष १९ को साहिल हवारी र वर्ष २० को सरताज अंसारी गम्भीर घाइते भएका हुन् । घाइतेमध्ये साहिलको वीरगञ्ज स्थित स्पर्श मल्टी स्पेशलिटी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको छ । त्यस्तै सरताजको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
- Advertisement -
neelamb
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर