काठमाडौं ५ पुस । नेपाली कांग्रेसको संस्थापनइतर समूहबाट संसदीय दलको निर्वाचनमा महामन्त्री गगन थापालाई उम्मेदवार बनाउने सहमति भएको छ । आज बिहान लौनचौरस्थित एम्बास्डर होटलमा भएको संस्थापनइतर समूहको बैठकले थापालाई संसदीय दल नेताको उम्मेदवार बनाउने सहमति जुटाएको हो । संसदीय दलको नेताबारे सहमति जुटाउन आज बिहान नेता शेखर कोइराला र महामन्त्री थापा पक्षबीच छलफल भएको थियो । सोही छलफलपछि कोइरालाको प्रस्तावमा थापा संसदीय दल नेता उठ्ने समझदारी भएको हो । संस्थापनइतर समूहबाट कोइराला र थापा संसदीय दल नेताका लागि उम्मेदवार हुन खोजेपछि एकजना मात्रै उम्मेदवार उठाउन केही दिनदेखि संस्थापनइतर समूहको भेला हुँदै आएका थिए ।
संस्थापन समूहबाट भने सभापति शेरबहादुर देउवा संसदीय दल नेताका लागि उम्मेदवार हुने पक्का छ । अब संसदीय दल नेताका लागि देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचन समितिका अनुसार आज दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नुपर्ने तालिका छ ।

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्