spot_img

वीरगंजका होटलहरू जेसिसमय



वीरगंज, ८ पुस । वीरगंज जेसिजको आतिथ्यमा वीरगंजमा भइरहेको नेपाल जेसिसको ४९ औ राष्ट्रिय अधिवेशनले गर्दा वीरगंजका होटलहरू भरिभराउ भएका छन ।

पुस ७ देखि ९ गते सम्म चल्ने जेसिसको राष्ट्रिय अधिवेशनले गर्दा आएका जेसिसकर्मीहरूका कारण वीरगंजका होटलहरू जेसिसमय भएका हुन । अधिवेशन शुरू हुनु एक दिन अगावै देखि नै होटलहरू भिड्भाड बढेका कारण यहाँका होटल व्यवसायीहरूलाई भ्याइ नभ्याइ भएको छ । कोभिडका कारण अस्त ब्यस्त भएको होटल तथा पर्यटन क्षेत्र ३–४ दिन लामो हुने यस्ता राष्ट्रिय कार्यक्रमहरूले केहि राहत भएको होटल व्यवसायीहरूले बताए ।

भर्खर यस क्षेत्रमा हात हालेका नव होटल व्यवसायी दिलीपराज कार्कीले वीरगंजमा आयोजना हुने यस्ता कार्यक्रमहरूले वास्तवमै होटेल तथा पर्यटन क्षेत्रलाइ त्राण दिने बताए । उनले अगाडि भने, यस्ता अवसरहरूमा हामीले मीठो आतिथ्यता पनि पस्केर आगन्तुकहरूको मन जितेर वीरगंजको आन्तरिक पर्यटन पनि प्रबद्र्धन गर्नु पर्दछ ।


यसैबीच जेसिसको राष्ट्रिय अधिवेशनमा भाग लिन वीरगंज आएका राष्ट्रिय अध्यक्षसहितको पदाधिकारीहरूलाइ प्रभातफेरिको क्रममा घण्टाघरमा होटल तथा पर्यटन व्यवसायी संघ वीरगंज पर्साका अध्यक्ष हरि पन्तको नेतृत्वको टोलीले फूलमाला सहित स्वागत गरेको छ । स्वागत गर्ने क्रममा अध्यक्ष पन्तले नेपाल जेसिसले आफ्नो राष्ट्रिय अधिवेशनको लागि वीरगंजलाइ छानेकोमा जेसिसको राष्ट्रिय अध्यक्ष सामू आभार पनि प्रकट गरेका छन् । वहाँले नेपाल जेसिसको राष्ट्रिय अधिवेशनको पूर्णसफलताको कामना गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर