spot_img

गाँजा मुद्दामा फरार रहेका चौधरी पक्राउ



वीरगंज, १४ पुस । गाँजा मुद्दामा सजाय र जरिवाना तोकेपछि फरार रहेका एकजना व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । पक्राउ पर्नेमा सखुवापरसौनी गापा–२ निवासी बृजलाल चौधरी रहेको इप्रका पटेर्वासुगौलीले जनाएको छ । २०५८ सालमा गांजा मुद्दामा चोधरीलाई दुई वर्ष ११ महीना कैद र १५ हजार जरिवाना पर्सा जिल्ला अदालतले तोकेको थियो । उनलाई आज बिहान खेतबाट पक्राउ गरिएको इप्रका पटेर्वासुगौलीका प्रनि किशोर आचार्यले जनाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर