More

    वीरगंज बसपार्क र बाइपास सडक क्षेत्रबाट २९ जना पक्राउ

    Must Read

    वीरगंज, १८ पुस ।
    पर्सा प्रहरीले सोमवार वीरगंजको बसपार्क तथा बाइपास सडक क्षेत्रमा सञ्चालित होटलहरूबाट २४ जना महिला र ५ जना पुरूषलाई गरी २९ जनालाई पक्राउ गरेको जनाएको छ ।
    बसपार्क तथा ४० फिटे सडक क्षेत्रमा सञ्चालित होटलहरूमा अवैध रूपमा यौनजन्य क्रियाकलाप हुने गरेको गुनासोको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय अन्र्तगत रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।
    सोमवार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्ममा बसपार्क र ४० फिटे सडक क्षेत्रबाट अनुसन्धानका लागि २९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
    बसपार्क र त्यसको वरपर यौनजन्य गतिविधि हुन्छन् भन्ने गुनासो आएको थियो, त्यसैको आधारमा अनुसन्धानका लागि २४ जना महिला र ५ जना पुरूषलाई पक्राउ गरेर ल्याएका छौं ।’ उनले भने सोधपुछ गर्ने कार्य भइरहेको छ । उनीहरूको संलग्नताको आधारमा कानुनी कारबाई प्रक्रिया अघि बढाउने वा छोड्ने भनेर निर्णय गर्छाै ।’
    वीरगंजको बसपार्क नजिकै ‘प्रेम गल्ली’ नामले नै एउटा गल्ली परिचित छ । जहाँ सुन्दर युवतीलाई प्रयोग गरेर मादक पदार्थ सेवन गर्न आउनेहरूसँग बढी पैसा असुल्ने गरिन्छ भने ४० फिटको सडकमा रकम लिएर यौन गतिविधि चलाउने गरिएको जनगुनासो छ । त्यो क्षेत्रमा तेस्रोलिंगीहरू पनि अबेर रातिसम्म ग्राहक कुरेर बस्ने गरेको स्थानीय बताउँछन् ।
    होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले अवैध गतिविधि नियन्त्रण गर्न प्रहरीले चालेको कदमको स्वागत गरेका छन् । गलत तरिकाले होटल व्यवसाय सञ्चालन गर्नेहरूका कारण स्वच्छ हिसाबले व्यवसाय गर्नेहरू पनि बदनाम हुने गरेको बताउँदै उनले अवैध गतिविधि नियन्त्रण गर्न प्रहरीलाई होटल तथा पर्यटन व्यवसायीले साथ दिने बताए ।
    गलत गर्नेलाई कारबाई हुनुपर्छ र स्वच्छ व्यवसाय गर्नेलाई धरपकड गरेर दुःख दिनु हुन्न भन्ने हाम्रो मान्यता हो । उनले भने गलत कुरालाई निरूत्साहित गर्ने कुरामा हामी पनि हातेमालो गर्छाै ।’
    यसअघि प्रहरीले वीरगंजको लिंकरोडबाट दुई जना होटल व्यवसायीलाई उठाएर लगेपछि उनले नयाँ प्रहरी प्रमुख आउने बित्तिकै होटल व्यवसायीलाई दुःख दिएको भन्दै असन्तुष्टी जनाएका थिए ।

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This