spot_img

भारु चार लाख ४९ हजारसहित दुईजना भारतीय पक्राउ



रौतहट, १९ पुस । जिल्ला प्रहरी कार्यालय, रौतहटले करीब साढे पांच लाख भारुसहित दुईजना भारतीयलाई पक्राउ गरेको जनाएको छ । सोमवार गौर नगरपालिका–१ चेकपोस्टबाट नगद बोकेर नेपालतर्फ आइरहेका बिहार, मोतीहारीको गोपालपुर बल्हाचोक बस्ने आजादकुमार मालाकार र ३२ वर्षीय सञ्जीवकुमार तिवारीलाई चेकजांच गर्ने क्रममा उनीहरुको साथबाट ४ लाख ४९ हजार पाँचसय बरामद भएको जिप्रका, रौतहटले जनाएको छ । बिआर०४एएन–१५९० मोटरसाइकलमा चढेर नेपालआइरहेका दुवैमाथि शंका लागि चेकजांच गर्दा उनीहरुको साथबाट उक्त रकम बरामद भएपछि कारबाइको लागि पथलैया राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको जिप्रका, रौतहटले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
- Advertisement -
neelamb
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर