spot_img

होटल व्यवसायी महासंघको सचिवमा हरि पन्त



वीरगंज, २१ पुस ।
होटल व्यवसायी महासंघ नेपालको केन्द्रीय सचिव पदमा होटल तथा पर्यटन व्यवसायी संघ वीरगंजका अध्यक्ष हरि पन्त निर्विरोध निर्वाचित भएका छन् ।
पुष १९ र २० गते चितवनमा सम्पन्न होटल व्यवसायी महासङ्घ नेपालको १० औ साधरणसभा तथा चौथो महाअधिवेशनले दिनेश कुमार चुकेलाई अध्यक्ष चुन्दै पन्तलाई सचिब पदमा निर्वाचित गरेको हो ।
पन्तसंगै मधेश प्रदेसबाट संघको केन्द्रिय सदस्य पदमा पूजन होटलका संचालक सुरेन्द्रलाल श्रेष्ठ, रचेन्द्र सिंह थापा, हिरा श्रेष्ठ, सन्दिप बस्नेत, भरत शाह र ज्ञानेन्द्र कुमार ढकाल निर्बाचित भएका हुन् । महासंघको चौथो अधिवेसनलाइ मंगलवार भरतपुर महानगरकी मेयरले उदघाटन गरेकी थिइन् ।


महाधिवेशनबाट ७५ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो ।
महासंघको वरिष्ठ उपाध्यक्षमा शेरबहादुर थापा (शेरु,, उपाध्यक्षहरूमा (प्रशासन संगठन) तर्पm वीरमञ्जन बटाला, पर्यटनतर्प सन्तोष उप्रेती, खुलातर्पm भाइचन्द्र श्रेष्ठ, मोदनाथ बेलवासे, तिलकबहादुर कार्की, देवी गौतम र महिलातर्पm धनादेवी चोखाल चयन भएका छन् ।


महासचिवमा तुल्सीराम भण्डारी, उप–महासचिवमा राजेश मलहोत्रा क्षेत्री, सचिवमा राजु अधिकारी, कलमबहादुर बम, धनेश्वर भण्डारी, ताराप्रसाद आचार्य, जनकबहादुर सिंह, बुद्धिप्रसाद पन्त, नारायण बहादुर सेन बली र मित्रप्रसाद ढकाल चयन भए। कोषाध्यक्षमा कृष्णकुमार श्रेष्ठ, सह– कोषाध्यक्षमा सुदीपकुमार श्रेष्ठ चयन भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
- Advertisement -
neelamb
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर