More

    बिरगंजका होटलहरु पनि राती १२ बजे सम्म खुल्ने

    Must Read

    1. बिरगंज २५ पुस । अब छिट्टैनै बिरगंजका होटलहरु पनि निश्चित सुरक्षा मापदण्डहरु पूरा गरेर राती १२ बजेसम्म खुल्ने भएका छन । त्यसका लागि एउटा कार्य विधि बनाउन भोलि २ बजे सहायक प्रमुख जिल्ला अधिकारीको सम्योजकत्वमा होटल तथा पर्यटन ब्यबसायी संघ बिरगंजका प्रथिनिधी र जिल्ला प्रहरी कार्यालय , ससश्त्र प्रहरी लगायतका सुरक्षा निकायका प्रतिनिधि हरुको बैठक बस्ने छ । सो बैठकले त्यस सम्बन्धी निर्णय लिने छ ।
      होटल तथा पर्यटन ब्यबसायी संघ बिरगंजका अध्यक्ष हरि पन्तको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएका होटल तथा पर्यटन ब्यबसायिहरुको टोलिसंग ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी श्री उमेश ढकालले ब्यबसायिहरुको समस्या तुरुन्तै सम्बोधन गर्न सहयक प्रमुख जिल्ला अधिकारी महेश राज तिमल्सिना लाई सम्योजक तोकिदिएका हुन ।
    2. कोरोना माहामारिको संकटपछि देशको राजधानी लगायत अन्य माहानगर तथा पर्यटकिय स्थलहरुमा सरकारले २४ सै घण्टा होटल ब्यबसाय खोल्न अनुमती दिइसकेको सन्धरर्बमा बिरगंजमा पनि हाल लाई कमसेकम राती १२ बजेसम्म भएपनी खुल्ला गर्नु पर्ने भन्दै ज्ञापनपत्र बुझाएका थिए ।उल्लेख्य ब्यबसायिहरुको उपस्थितिमा ज्ञापनपत्र बुझाउन गएको टोलि प्रमुख जिल्ला अधिकारि उमेश ढकालको आश्वासन पछि उत्साहित भएका छन । संगका अध्यक्ष हरि पन्त प्रमुख जिल्ला अधिकारिको आश्वासनले बास्तबमै व्यावसायिहरु अत्यन्तै उत्साहित भएको बताउछन । उनले अगाडि भने “” यदि होटलहरु १२ बजे सम्म खुल्न पाए ब्यबसायीहरुले ठूलो राहत पाउने छन र त्यसका लागि प्रशासनले केही रिजर्भेशन राख्छ भने ब्यबासायीहरुले त्यसको पुर्ण पालना गर्ने छन । टोलिमा सामेल अर्का बरिस्ठ होटल ब्यबसायी क्लार्क रिसोर्टका मेनेजिङ डाइरेक्टर सुनिल खेतानले पनि यो निर्णयको स्वागत गर्दै होटल राती १२ बजे सम्म खुले ब्यबसायिले शान्ति सुब्यबस्ता कायम गराउन प्रशासनलाई पुर्ण सहयोग गर्ने बताए । टोलिमा संघका बरिस्ठ उपाध्यक्ष रचेन्द्र थापा , पुजन होटलका संचालक सुरेन्द्र लाल श्रेष्ठ , क्लार्कका संचालक सुनिल खेतान , महासचिव माधब बस्नेत , सचिब सन्दिप बस्नेत , पुष्प श्रेष्ठ , कुबेर कार्की लागाएत ३५ जना होटल ब्यबासायी हरुको सहभागिता थियो । यसै बिच आजनै पर्साका होटल तथा पर्यटन ब्यबसायीहरुले एक समारोहबिच भर्खरै पर्सा जिल्लामा सरुवाभइ आउनुभएका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहलाइ स्वागत गरेको छ । स्वागत गर्ने क्रममा एसपी शाहसमक्ष् संघका अध्यक्ष हरि पन्तले बिरगंजका होटल ब्यबसायीहरुले जिल्लाको शान्ती सुब्यबसस्ता कायम गर्न पुर्ण रुपमा सघाउने बताउदै होटल ब्यबसायिहरुका समसामयिक समस्याहरु पनि राखेका थिए भने प्रहरी उपरीक्षक शाहले पनि होटल ब्यबसायिहरु लाई आफ्नु साथ र सहयोग रहने बताएका थिये ।
    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    चरेससहित एकजना पक्राउ

    वीरगंज, १३ चैत । जिल्ला प्रहरी कार्यालय, पर्साले लागु औषध चरेश सहित एक जना मानिसलाई पक्राउ गरेको जनाएको छ...

    More Articles Like This