जनकपुरधाम, २७ पुस । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता सरोज यादव नियुक्त भएका छन् । ् केन्द्रमा रहेको सत्ता समीकरण अनुसार यादवले ६३ सांसदको समर्थनसहित प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष दाबी पेस गरेपछि उनले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । १०७ जना प्रदेशसभा सदस्य रहेको मधेश प्रदेशमा बहुमतका लागि ५४ जना प्रदेश सभा सदस्यको आवश्यक पर्छ । निवर्तमान सभामुखसमेत रहेका यादवलाई आफ्नो दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एकरएक तथा स्वतन्त्र प्रदेश सभा सदस्यहरूसहित ६३ प्रदेश सांसदको समर्थन छ ।
प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्