More

    रक्सौल बजारको ब्यापारमा मन्दी

    Must Read

    नेपालको सिमासंग जोडिएको बजार रक्सौलको ब्यापारमा व्यापक मन्दी आएको छ । नेपाली उपभोक्ताले थेगेको रक्सौलको बजारमा नेपाली उपभोक्ता जान कम हुनथालेसँगै त्यांहाको बिक्रीमा कमि देखिएको हो ।

    अहिले बिरगंजमा नयाँ प्रहरी प्रमुखको आगमन हुनु र लगभग सँगसँगेै नयाँ गृहमन्त्रीमा रबि लामिछाने नियुक्त भएसंगै नेपाल प्रहरी र शसस्त्र प्रहरीले बोर्डरमा चेक जाँचमा व्यापक कडाइ गरेकोले रक्सौलको ब्यापारमा कमि आएको रक्सौलका आम ब्यपारीहरुको सामान्य बुझाइ छ ।

    कतिपय अबस्थामा जिल्लामा नयाँ प्रहरी प्रमुख आउँदा सेटिङ मिलाउन पनि दुई चार दिन टाइट हुने र पछि क्रमशः पुरानै अबस्थामा फर्किने गरेकोमा यसपालि भने अझैसम्म नाका पुर्बबत रुपमा फर्कन सकेको छैन ।

    यता आएर रबि लामिछानेले गृहमन्त्रीबाट राजिनामा दिए संगै नाका केही खुकुलो हुने आश गरिए पनि प्रहरी प्रमुख टसमस नभएका कारण घरायसी समान किन्न रक्सौल जाने आम सर्बसाधरण पनि हच्किन थालेको छन ।

    “”सुरक्षाकर्मी सानोसानो पोका पनि खन्तलाशी गर्छन् , उस्तै परे खोसेर भन्सार तिर्न लगाई दिने र समान सिज सम्म गर्ने गरेको सुनेकोले अहिले समान बिरगंजमै किन्ने गरेकि मध्यम आयभएकी एक गृहणीले बताइन “”

    ब्यबसायिक रुपमा रक्सौल बिरगंज सामान ढुवानी गर्ने झोले , पोके ( क्यारियर) हरु पनि अहिले धेरै बिस्तापित भएर अन्य नाका तिर लागेको जानकारहरुले बताए ।

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    चरेससहित एकजना पक्राउ

    वीरगंज, १३ चैत । जिल्ला प्रहरी कार्यालय, पर्साले लागु औषध चरेश सहित एक जना मानिसलाई पक्राउ गरेको जनाएको छ...

    More Articles Like This