spot_img

लागूऔषधसहित दुईजना पक्राउ



वीरगंज, २० माघ/ जिल्ला प्रहरी कार्यालय, पर्साले प्रतिबन्धित लागु औषध सहित दुर्ई जनालाई पक्राउ गरेको छ । बिहीवार वीरगञ्ज भन्सार गेटमा चेकजाँच गर्ने क्रममा पैदल आइरहेका वीरगंज–१५ मुर्ली बस्ने १९ वर्षीय नितेश गुप्ता र भारत, बिहार बेतिया बस्ने २१ वर्षीय मन्दीप यादवलाई पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट प्रतिबन्धित लागु औषध नाईट्राभेट ६०० पिस फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
- Advertisement -
neelamb
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर