More

    २० लाखसहित एकजना पक्राउ

    Must Read

    वीरगंज, २० माघ/ जिल्ला प्रहरी कार्यालय, पर्साले स्रोत नखुलेको २० लाखसहित एकजनालाई पक्राउ गरेको छ । बिहीवार प्रहरी चौकी ईनर्वाले वीरगंज–१९ रजतजयन्तीचोक सडकखण्डबाट प्रदेश २–०३–०११ प ६३४३ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिलाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको २० लाख नगदसहित पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा बारा, बिश्रामपुर गाउँँपालिका वडा नं. ४ बस्ने वर्ष २७ को श्याम किशोर प्रसाद साह रहेको जिप्रका, पर्साले जनाएको छ । साहसंग हजार दरका १६०० थान र पाँच सय दरका ८०० थान गरी रु बीस लाख भेटिएको र उक्त रकमको उनले स्रोत खुलाउन नसकेपछि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा अनुसन्धान भैरहेको जिप्रका, पर्साले जनाएको छ ।

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    चरेससहित एकजना पक्राउ

    वीरगंज, १३ चैत । जिल्ला प्रहरी कार्यालय, पर्साले लागु औषध चरेश सहित एक जना मानिसलाई पक्राउ गरेको जनाएको छ...

    More Articles Like This