More

    प्रतिबन्धित औषधसहित तीनजना पक्राउ

    Must Read

    वीरगंज, २५ माघ । जिल्ला प्रहरी कार्यालय, पर्साले प्रतिबन्धित लागु औषधसहित तीनजनालाई पक्राउ गरेको छ । २०७९ माघ २४ गते वीरगञ्ज महानगरपालिका वडा नं.२५ ड्राइपोर्ट गेट अगाडि सडकखण्डमा प्रदेश २–०३–००१ क १९३४ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ट्रकको चालक बस्ने सिटमुनी सेतो प्लाष्टिकको बोरा भित्र लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागु औषध ओनरेक्स सय एमएलको १६६ बोत्तल र कोडिवेल कफ सिरफ ५७ बोत्तल गरी जम्मा २२३ बोत्तल फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले ट्रकचालक मकवानपुर हेटौडा उपमहानगरपालिका–९ बस्ने ४२ वर्षीय निर्मल पौडेल, सोही ठाउँका ४० वर्षीय रमेश थापा र २९ वर्षीय सुदर्शन खड्कालाई पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ । वडा प्रहरी कार्यालय श्रीपुर पर्साका प्रहरी निरीक्ष्Fक डिल्लीराज सापकोटा र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ ।

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    चरेससहित एकजना पक्राउ

    वीरगंज, १३ चैत । जिल्ला प्रहरी कार्यालय, पर्साले लागु औषध चरेश सहित एक जना मानिसलाई पक्राउ गरेको जनाएको छ...

    More Articles Like This