More

    प्रहरी, प्रशासन र राजस्वले ज्यादति गरेको विरोधमा गौर बजार बन्द

    Must Read

    रौतहट, २७ माघ । स्थानीय प्रहरी प्रशासन र राजस्व विभागले ज्यादती गरेको भन्दै उद्योग वाणिज्य सङघ रौतहटले आव्हान गरेको तीन दिने बन्दको पहिलो दिन जिल्ला सदरमुकाम गौर बजारमा पूर्ण प्रभाव परेको छ। गौर बजारमा साना साना चिया, पान, किराना बाहेक सम्पूर्ण ठुला पसल तथा व्यावसायिक प्रतिष्ठानहरू बिहानैदेखि बन्द छन् । गौर बजारको ८० प्रतिशत व्यापार व्यवसाय बन्द रहेको र यातायातसमेत पातलिँदा सर्वसाधारणको जनजीवन प्रभावित भएको छ। सदरमुकाम गौर स्थित व्यवसायीहरूलाइ चेक जाँच को नाममा छापा मारी गरी स्थानीय प्रहरी प्रशासन र राजस्व विभागले आतÍित बनाउने र अनावश्यक हैरान गर्ने गरेको भन्दै उद्योग वाणिज्य सङघ रौतहटले तीन दिन बजार बन्दको आव्हान गरेको थियो । सङघका अध्यक्ष पंडित जयसवाल र महासचिव रवीन्द्रनाथ गोपालेले शुक्रवार एक विज्ञप्ति निकालेर २९ गते आइतवारसम्म बजार बन्द गर्न आव्हान गरेको थियो । उद्योग वाणिज्य सङघ गौरमा बिहीवार बसेको व्यवसायीहरूको बैठकको निर्णय अनुसार बजार बन्द गरिएको हो । व्यवसायीहरू समस्या समाधान नभएमा थप आन्दोलन गर्ने चेतावनी सङघले दिएको छ। सरकारले ल्याएको आर्थिक नीतिले ब्याज वृद्धि ट पीडित व्यवसायिहरूको व्यावसायिक वातावरण समेत अवरूद्ध भएकोमा सङघको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ। जिल्ला भन्सार कार्यालय गौरबाट खाद्यान्न सामग्री आयात गरी ल्याउने व्यवस्था समेत नभएकोले व्यवसायीहरू थप पीडित भएको सङघको ठहर छ। यसैबीच गौर नगरपालिकाका मेयर शम्भु साहले व्यापारीहरूको उचित माग प्रति ऐक्यबद्धता जनाएका छन् । जिल्ला सदरमुकाम गौरमा क्वारेनटाइन चेकपोस्टको व्यवस्थापन हुनु जरूरी रहेको बताउँदै उनले यस अघि क्वारेनटाइन कार्यालय नहुँदा पनि गौर भन्सारले जाँच पडताल गरी पठाएको कागजातको आधारमा वीरगंज भन्सारको निर्देशनमा गौर भन्सार बाट नै राजस्व तिरेर खाद्यान्न भित्रिने गरेको मेयर साहले बताए । तर सरकारको पछिल्लो निर्देशन अनुसार गौर भन्सारमा राजस्व तिरेर पनि खाद्यान्न ल्याउन नपाउने व्यवस्थाले रौतहटका व्यापारी ठुलो मारमा परेको उनको भनाइ छ। गौरमा क्वारेनटाइन कार्यालय स्थापनाको लागि मैले कृषि मन्त्रालय मार्पmत पहल गरेको छु यसमा स्थानीय प्रशासन र व्यापारीले पनि सहयोग गर्नुपर्ने मेयर शम्भु साहले बताए । देश आर्थिक सङ्कटमा परिरहेको समयमा व्यापारीलाई मारमा पार्नु राम्रो होइन यहाँको समस्या तत्काल समाधान गर्न रौतहटका सिडिओ धर्मेन्द्र कुमार मिश्रसँग पनि सल्लाह तथा सहकार्य भइरहेको गौर नगर प्रमुख साहले जानकारी दिएका छन् ।

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    चरेससहित एकजना पक्राउ

    वीरगंज, १३ चैत । जिल्ला प्रहरी कार्यालय, पर्साले लागु औषध चरेश सहित एक जना मानिसलाई पक्राउ गरेको जनाएको छ...

    More Articles Like This