More

    लागुऔषधसहित चार युवक पक्राउ

    Must Read

    वीरगंज,४ फागुन । प्रतिबन्धित लागुऔषधसहित सर्लाही र धादिड्ढा चार जना युवक पक्राउ परेका छन् । भारतको रक्सौलबाट लागुऔषध लिएर आएका उनिहरूलाई प्रहरीले बुधवार बेलुकी वीरगंज महानगरपालिका वडा नंबर १६ स्थित डाँफे होटलबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर ८ का १९ वर्षीय राज मन्सुरी, १९ वर्षका विशाल मोक्तान, वडा नम्बर ७ का २० वर्षीय राजु राना मगर र धादिड्ढो गजुरी नगरपालिका वडा नम्बर २ का २० वर्षीय अजय तमांग रहेका छन् । उनिहरूको साथबाट प्रतिबन्धित लागु औषध डाइजेपाम–५० एम्पुल, नुरफिन–५० एम्पुल, फेनारगन–५० एम्पुल बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए । विशेष सुचनाको आधारमा प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले होटलमा पुगेर खानतलाशी गर्दा ती युवकहरूले प्लाष्टिकको झोलामा लुकाइ छिपाइ राखेको लागु औषध बरामद गरेको गिरिले बताए । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर अनुसन्धान भइरहेको गिरिले जानकारी दिए ।

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    चरेससहित एकजना पक्राउ

    वीरगंज, १३ चैत । जिल्ला प्रहरी कार्यालय, पर्साले लागु औषध चरेश सहित एक जना मानिसलाई पक्राउ गरेको जनाएको छ...

    More Articles Like This