More

    सुनको जलप भएको बिस्कुट बेच्न खोज्ने चारजना पक्राउ

    Must Read

    वीरगंज ४ फागुन । नक्कली सुन देखाई ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय, पर्साले चारजनालाई पक्राउ गरेको छ । बिहीवार दिउँसो वीरगंज महानगरपालिका वडा नं. १५ हिमालयन होटल अगाडिबाट सर्लाहीको बरहथवा नगरपालिका–१० बस्ने ३१ वर्षीय रामवीर चौधरी, वडा नं. ६ बस्ने ४५ वर्षीय लालबाबु राय यादव, वडा नं. १८ बस्ने ३८ वर्षीय राकेश कुर्मी र वडा नं.१७ बस्ने वर्ष २७ वर्षीय अवधेश कुमार राय पक्राउ परेका हुन् । बीआर३१पी ०६४९ नम्बरको गाडीमा बसेर सर्वसाधारणलाई नक्कली सुन (बिस्कुट आकारको १ किलो लेखिएको धातु ) देखाई भ्रममा पारी ठगी गर्ने नियतले बिक्री गर्न लागेको प्रहरीको दाबी छ । प्रहरीले उनीहरूले प्रयोग गरेको भारतीय नम्बर प्लेट भएको गाडी र सुनको जलप भएको पहेँलो बिस्कुट आकारको धातु पनि बरामद गरेको छ । वीरगञ्ज सुनचाँदी व्यवसायी संघमा पठाएर परीक्षण गराउँदा सुनको जलप भएको धातु भनी पुष्टी भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । उनीहरू विरूद्ध ठगी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This