spot_img

ठोरीमा स्कार्पियोको ठक्करबाट बालकको मृत्यु



वीरगंज, ९ फागुन/ स्कार्पियोको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ । आज बिहान ८ः३० बजेको समयमा पर्साको ठोरी गाउँपालिका वडा नं.४ विजयवस्तीस्थित हुलाकी सडक खण्डमा ठोरीबाट वीरगंजतर्फ आउँदै गरेको बाग्मती प्रदेश–०१–०२७ च ०३०३ नम्बरको स्कारपियोको ठक्करबाट ठोरी गापा–४ बस्ने वर्ष १३ को विश्वास श्रेष्ठलाई ठक्कर दिएको थियो । कोचिङ्ग पढेर घर फर्किने क्रममा ठक्कर दिदा श्रेष्ठको टाउको र शरीरमा गम्भीर चोट लागि घाइते भएपछि प्रहरी चौकी विजयवस्तीले उपचारको लागि तराइ अस्पताल वीरगञ्जमा पु¥याएको थियो । बालकको उपचारको क्रममा १०ः१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएकोछ । प्रहरीले स्कार्पियो चालक चितवन माडी ३ बस्ने वर्ष २५ को पदम बिलास पन्तलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिप्रका, पर्साले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर