More

    चाड्पर्वमा बजार अनुगमनलाई निरन्तरता दिने निर्णय

    Must Read

    वीरगञ्ज, १५ फागुन । वीरगञ्ज महानगरपालिकाले बजार अनुमगनलाई अझ तिब्रता दिने भएको छ । आइतबार महानगरको बजार व्यवस्थापन तथा अनुगमन समितिको बसेको बैठकले बजार अनुगमनलाई निरन्तरता दिदै चाडर्वहरु (होली) नजिकिदै गर्दा अझ तिब्रता दिदै प्रभावकारी बनाउने निर्णय गरेको हो ।

    बजार व्यवस्थापन तथा अनुगमन समितिको संयोजक तथा वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमको संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा अहिले भइरहेको बजार अनुगमनलाई तिब्रता दिदै खाद्यान्न पसलहरुमा म्याद गुज्रिएका सामान भेटिएमा सम्बन्धित पसलेलाई कारबाहीको दायरामा ल्याउने निर्णय गरिएको छ ।

    वीरगञ्ज महानगर कार्यालयमा बसेकाे बैठकमा वीरगंजका होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्त, वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विदुर सिवाकोटी, वीरगञ्ज महानगरपालिकाको कार्यपालिका सदस्य कन्हैया ठाकुर, शाखा प्रमुख विपिन लाल कर्ण, नगरपालिका कर्मचारी नेहा मिश्राका साथै सरोकारवाला संघसंस्था र सम्बन्धित निकायका प्रतिनिधीहरुको सहभागिता रहेकाे थियाे ।

     

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    चरेससहित एकजना पक्राउ

    वीरगंज, १३ चैत । जिल्ला प्रहरी कार्यालय, पर्साले लागु औषध चरेश सहित एक जना मानिसलाई पक्राउ गरेको जनाएको छ...

    More Articles Like This