More

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    Must Read

    हरि पन्त/फाइल तस्वीर

    २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ । सोमबार कार्य समिति सदस्य बन्न इच्छुक उद्योगी व्यवसायीले मनोनयन दर्ता गराएका छन् ।

    त्यसक्रममा वस्तुगत संघ तर्फबाट हरि पन्त कार्य समिति सदस्यमा निर्विरोध चयन भएका छन् । उनी होटल व्यवसायी महासंघका सचिव तथा होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष समेत हुन् । दाबी विरोधको प्रक्रिया पुरा नभएकोले निर्वाचन अधिकृतको कार्यालयले उनी निर्वाचित भएको औपचारिक घोषणा गरिसकेको छैन ।


    बस्तुगत तर्फबाट अन्य कसैले उम्मेदवारी नदिएपछी पन्त निर्बिरोध भएका हुन । उद्योग तर्फ १३, वाणिज्य तर्फबाट १६, एसोसिएट तर्फबाट ६ र वस्तुगत तर्फबाट १ गरी संघमा ३५ सदस्यीय कार्य समिति रहने प्रावधान छ । उद्योगतर्फ १८, वाणिज्य तर्फ २५, एसोसिएटतर्फ ८ जना र वस्तुगत तर्फ १ जनाको मात्रै उम्मेदवारी परेको निर्वाचन अधिकृत अधिवक्ता बालमुकुन्द खरेलले जानकारी दिए ।

    २४ फागुनमा मनोनयन फिर्ताको कार्यक्रम राखिएको छ, भने ३० फागुनमा कार्य समिति सदस्यका लागि निर्वाचन गर्ने तालिका छ । कार्य समिति सदस्य चयन भए लगत्तै पदाधिकारी निर्वाचनका लागि कार्य तालिका सार्वजनिक गरिने निर्वाचन अधिकृत खरेलले बताए ।

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    चरेससहित एकजना पक्राउ

    वीरगंज, १३ चैत । जिल्ला प्रहरी कार्यालय, पर्साले लागु औषध चरेश सहित एक जना मानिसलाई पक्राउ गरेको जनाएको छ...

    More Articles Like This