spot_img

स्पिरिट अफ क्रिकेट अवार्ड विजेता आसिफलाई मधेश प्रदेश सरकारद्वारा दुई लाख



जनकपुरधाम । मधेश प्रदेश सरकारले यस प्रदेशका अन्तराष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको छ ।
बेलायतको प्रसिद्ध मेरिलबर्न क्रिकेट क्लवले यसै साता आसिफलाई …क्रिस्टोफर मार्टिन जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड’ दिएपछि प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश र देशको शिर ठाडो पार्ने आसिफलाई सो रकम प्रदान गर्ने घोषणा गर्नुभएको हो ।
पर्सा जिल्लाको वीरगञ्ज निवासी आसिफले २०२२ फेब्रुअरी १४ मा आयरल्याण्डविरुद्धको टी–२० अन्तराष्ट्रिय खेलमा आयरिस खेलाडी एन्डी म्याकब्रायनलाई रन आउट गर्ने अवसर पाउFदा पनि खेलभावना देखाउFदै रनआउट नगरेपछि आइसीसी(अन्तराष्ट्रिय क्रिकेट काउन्सिल) ले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड २०२२ समेत प्रदान गरेको थियो ।
सो म्याचमा एन्डी म्याकब्रायन नेपाली बलर कमलसिंह ऐरीसFग जुधेर लडेपछि आसिफको हातमा बल आएको थियो । रनआउट गर्ने सहज मौका हुFदा पनि उहाFले रनआउट गर्नुभएन् । त्यसैले आइसीसीले आसिफको खेलभावनाको उच्च सम्मान गर्दै वर्षको …आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड’ प्रदान गरेको थियो ।
सोही सन्दर्भमा अस्ट्रेलियाको फक्स स्पोर्टस्लेसमेत …ब्रिलिएन्ट स्पोर्टस्म्याानसिप फ्रम नेपाल’ भनेर आसिफको प्रशंसा गरेको थियो ।
हालै सम्पन्न आइसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा युएई विरुद्ध आसिफले उत्कृष्ट प्रदर्शन गर्न नसकेपनि अघिल्ला खेलहरुमा उल्लेखनीय प्रदर्शन गर्नुभएको थियो ।
विशेष गरी उदाहरणीय खेल भावनाको परिचय दिदै विश्वभरिका क्रिकेटप्रेमीहरुको मन जितेर प्रदेश र देशको प्रतिष्ठा बढाएकोमा उच्च कदर गर्दै प्रदेश सरकारले सम्मानस्वरुप आसिफलाई सो रकम प्रदान गर्न लागेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरिले जानकारी दिनुभयो ।
यसअघि प्रदेश सरकारले गुलशन झा र आरिफ शेखलाई पनि जनही दुई/दुई लाख प्रदान गर्ने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
- Advertisement -
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर