spot_img

शुक्रवार सिमरा रङ्गशालामा बीरगञ्ज र बागमती भिड्दै



वीरगंज, १० चैत । बाराको सिमरा रङ्गशालामा जारी जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रवार वीरगञ्ज युनाईटेड क्लब र बागमती यूवा क्लब सर्लाहीविच खेल हुने छ ।
आयोजक नवजनजागृति यूवा क्लबका अनुसार साँझ ६ बजेबाट खेल शुरू हुनेछ । फलड लाईटमा आयोजना हुने खेलका लागि बलियो पूर्वाधार तयार भएकाले रात्री समयमा खेल आयोजना हुने गरेको क्लबका महासचिब शम्भुसिंह ठकुरीले जानकारी दिनुभयो ।
यसअघि विहिवार भएको उद्घाटन खेलमा आयोजक क्लबलाई ३–१ गेल अन्तरले पराजित गर्दै केविए ग्लोबल भरतपुर फुटबल क्लब प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
जगदम्बा स्टिलको मूख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपियाँँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
- Advertisement -
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर