spot_img

चरेससहित एकजना पक्राउ



वीरगंज, १३ चैत । जिल्ला प्रहरी कार्यालय, पर्साले लागु औषध चरेश सहित एक जना मानिसलाई पक्राउ गरेको जनाएको छ । आज बिहान अढाइ बजे कालिकामाई गाउँपालिका वडा नं.१ तिनडुबिया बस्ने वर्ष ३८ को बृजेश प्रसाद कुर्मीले आफ्नै घरमा लागु औषध चरेश लुकाइ छिपाइ राखिएको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरियाबाट प्र.नि. मोहन विक्रम केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा सो घरको अगाडि बरण्डामा खाटमुनी पहेलो र कालो प्लाष्टिकले बेरिएको ५०० ग्रामको २० पोका गरी जम्मा ९ के.जी. ८०० ग्राम लागु औषध चरेश बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका कुर्मीलाई पर्सा जिल्ला अदालतबाट ४ म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भैरहेको जिप्रका, पर्साले जनाएको छ ।
<www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> Virus-free.www.avast.com <www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> <#DAB4FAD8-2DD7-40BB-A1B8-4E2AA1F9FDF2>

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
- Advertisement -
neelamb
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर