spot_img

घुमन्ते नेताको मगन्ते भोट



अनिल तिवारी
मधेसका प्रचन्ड गर्मिसंगै चुनावी सरगर्मी पनि क्रमश तातिदै गएको छ ।सबै उम्मेदवारहरु विभिन्न नाराहरुका साथै मतदातालाई आकर्षित पर्ने अभियानमा जुटेका छन । तय यस पटक,बारा क्षेत्र नम्बर दुई चुनावको चुनावी मुदा बाहिरिया र जनताबाट छाटिएका अर्थात विगतको चुनावमा हारेका नेताहरुलाई जिताउने कि स्थानियलाई चुन्ने बहष चलिरहेको छ ।राष्ट्रिय स्वतन्त्र पार्टिका रमेश खरेल काठमन्डौबाट परिजित भएका नेता हुन भन्ने उपेन्द्र यादव सप्तरी क्षेत्र नम्ब २बाट दोब्बर मतले सिके राउतबाट पाराजित नेता चुनावी दलगमा ओर्लेका छन ।
यस पटक न त मधेस आन्दोलनको ‘राप–ताप’ छ , न मधेसी आन्दोलनका मांग वा अधिकारको मुदा ।बाराको क्षेत्र नम्बर २मा अहले चुनावी मुदा ‘स्थानिय कि आगन्तु’ उम्मेदवार भन्ने बहसहरु चलिरहेका छन । २०६४ सालमा मोरङ, २०७० मा सुनसरी र २०७४मा सप्तरीको क्षेत्र नं–२ बाट लडेका उपेन्द्र यादव यस भन्दा पहिला मधेस आन्दोलनको रापतापमा दुइ पटक चुनाव जितेका छन भने २ पटक चुनाव हारेका पनि छन ।
चुनाव जितेर गएपछि मतदातासंग टाढिने आरोप उपेन्द्र यादव माथी लागने गरेको छ ।आसेपासेको सल्लाहबाट गत चुनावमा सप्तरीको क्षेत्र नम्बर २ उनले परिवर्तन गरेनन ।कार्यकर्ताहरु सबै बललगाएर चुनाव जिताउने कोसिस पनि गरे । तर चुनावी परिणाम बिपक्षमा आएपछि पार्टिकै आसेपासेले धोख्खा गरे भने आक्रोस पोख्दै आएका उपेन्द्र यादव पुन सत्तामा पुग्न अर्को जुक्ति लगाएर चुनावी दगलमा आएका छन ।
शिक्षा पेशाबाट राजनितिमा आएका र मधेस आन्दोलनमा वीरगन्जको मितेरी पुललाई आन्दोलन भरी कर्मक्षेत्र नै बनाएर बसेका यदवको बारा क्षेत्र नम्बर दुइमा आफ्नै खालको लोकप्रियता छ ।जसेको परिणाम स्वारुप पार्टिबाट बागी लडेपनि उनी चुनाव जित्न सफल भए तर यसक्षेत्रमा उपेन्द्र यादव ओर्लेएप उनलाई घुमन्ते नेताको सज्ञादिन थालिएको छ ।उनले मगने फोट जनताको बिकास वा मगन्ते हो भनेर पनि बिपक्षीहरु आरोप लागउने थालेका छन ।
बिगतमा ओलीलाई मधेस बिरोधी बताउने उपेन्द्र यादव गएका चुनावमा उनीसंगै गठबन्धन बनाए । उनका उम्मेदवारका चुनावी सहधर्मीदल एमालेलाई गगाजल छर्केर शुद्ध बनाउदै मधेस प्रेमी बनाउने चुनावी अभियानमा लागे तर दोब्बर भोटबाट यादवनै हारेपछि उनको यो निर्णय गतल भएको आरोप पार्टिमा लाग्यो ।
निर्वाचनमा उनले गर्दै आएको क्षेत्र वा जिल्ला परिवर्तनले उनीमाथी स्थानिय मतदाताले बिश्वास गर्ने आधारहरु समाप्त भएको कै हो त ? हारको डरले जिल्ला परिवर्तन गर्दै आएका उपेन्द्र यादवलाई बारा जिल्लाको चुनावी लडाइ फलामको चिउरा चपाउनु सहर भएको छ ।
केपि शर्मा, ओली, शेरबहादुर देउवा, माधवकुमार नेपाल, डा. शेखर कोइराला, रामचन्द्र पौंडल लगायत कतिपय नेता पूर्ववत क्षेत्रबाट चुनावमा होमिदै आएका छन ।
उपेन्द्र यादव एक सशक्त उम्मेद्वार मात्रै होइन ,उनी जसपाको अध्यक्ष पनि हुन , मधेश आन्दोलनको नेतृत्वकर्ता पनि हुन । मधेश आन्दोलनको उपलब्धि कति भयो/भएन भन्ने विषयमा बहश आफ्नो ठाउँमा छ । तर, उपेन्द्र प्रति सर्वसाधारण जनताको हेराई समय कालखन्डसंगै अराउदै गएको छ ।चुनावी क्षेत्रसंगै हालै भएको मन्त्रीमन्डल बिस्तारमा देखिएको पार्टि भित्रको खिचलोले गर्दा उनीमाथी असन्तुष्टि पनि बढदै गएको छ । यसलाई चिर्नमा उनी कति सफल हुने हो, त्यो त निर्वाचनको परिणामबाट स्पष्ट हुन्छ ।
बारा क्षेत्र नम्बर २मा यादव जातिको बाक्लो उपस्थिति छ । मधेस प्रदेशका मुख्यमन्त्री पदको रापताप र यादव जातीको भोटको कारण जित्ने आशामा छन ।
लोकतान्त्रि कुनै पनि चुनावमा बिजयी हुनका व्यक्तिको व्यवहार र कार्यकुशलताको आधारमा जनताले मतदान गर्छन् । यसपल्ट, जातिगत आधारमा मत खोज्ने उम्मेद्वारलाई चुनाव जित्न हम्मेहम्मे पर्ने देखिन्छ । खासगरी, बाराको चुनावमा ‘स्थानिय कि आगन्तुक’यादव कि गैर यादव बिचको ध्रबिकरण क्रमश गोलबद्ध हुनासाथ अल्पसङ्ख्यक जातिहरु पनि गोलबद्ध कुराहरु पनि उठिरहेका छन ।
मधेसी जनअधिकार फोरमको स्थापनन काल देखि उपेन्द्र यादव अनवरत अध्यक्ष पदका स्थापित नेताहुन ।उपेन्द्र समय परिवेशसंगै रंग परिवर्तन गर्दै १५बर्ष देखि विरासत कायम राखेका छन् । राजनैतिक समय सापेक्ष बोली फेर्ने गजबको खुबिका कारण पार्टी जति पटक जुटे–टुटे पनि उनी आफ्नो बिरासत बचाउदै आएका हुन । तर अध्यक्ष यादव प्रति यस पटक मधेसको मोहभंग भएको बताइदै छ । सप्तरीको अप्रत्यासित हारपछि उनी आफ्नो बिरात जोगाउन अन्तिम लडाइमा ओर्लेका कतिपयको अनुमान पनि छ ।बारा नम्बर २ बाट प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ चुनाव लडेका यादवसंग राष्ट्रिय नेता भनाउनु बाहेक उनीसंग केहि मुदा नरहेको चियो चर्चा चलेका छन् । सविधान सभाको घोषणा पछि बनेको प्रधानमन्त्री ओलीको पहिलो बाम सरकारमा लहसिदै उपप्रधान मन्त्री बने पनि प्रचन्ड भक्तिको कारण उनलाई आलीले गलहत्याएरै सरकारबाट हटाए । त्यसलगतै पार्टी फुटन थाले पछि विभिन्न शक्तिकेन्द्रमा हारगुहार गर्दै महन्थ ठाकुरसंग एकिकरण गरे । तर ओली प्रतिगमकारी भए भन्दै पुन पार्टीलाई बिभाजन गराउन प्रचन्डसंग गासिए र शेरबहादुरको गठबन्धन सरकारमा समावेस भए । तर एक्कासी राता रात उत्तरी दिशाबाट आएको निर्देशनले उनै प्रतिगामी एमालेसंगको गठबन्धनमा लागेको आरोप समेत मधेसमा चुनावी मुदा बनेको छन् ।नागरिकता विद्येक लगायत प्रदेशलाई असफल बनाउने अभियानमा लागेको एमाले मधेस बिरोधी भएको बिषयहरु जसपलाई चुनावी मैदानमा गाह्रो बनाएको जानकारहरुको भनाइ छ ।

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर