spot_img

बारा–२ मा मतगणना पौने १ बजेदेखि शुरु



बारा, ११ वैशाख । बारा क्षेत्र नम्बर–२ मा आइतवार सम्पन्न उपनिर्वाचनको मतगणना शुरू भएको छ । आइतवार रातिदेखि नै मतगणना शुरू गर्ने भनिए पनि सर्वदलीय बैठकमा ढिलाइ भएकाले सोमवार १२ बजेर ४० मिनेट पछि मतगणना शुरू भएको हो । मतगणनका लागि स्थान निर्धारण गरिएको बारा सदरमुकाम कलैयास्थित शैक्षिक तालिममा सुरक्षा व्यवस्था कडा पारिएको छ । बारा क्षेत्र नम्बर २ मा ६५ प्रतिशत मतदान भएको थियो । महागढी र पचरौता नगरपालिका, करैयामाई, सुवर्ण र देवताल गाउँँपालिकाको ४४ वडा समेटिएको सो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरूष र ४६ हजार तीन सय १४ महिला गरी कूल एक लाख पाँच हजार दुर्ई सय ४८ मतदाता छन् । सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
<www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> Virus-free.www.avast.com <www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> <#DAB4FAD8-2DD7-40BB-A1B8-4E2AA1F9FDF2>

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर