spot_img

छड बोकेको ट्याक्टरमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु



बारा, १५ बैशाख । छड बोकेको ट्याक्टर पछाडि मोटरसाइकल ठोक्किँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । बिहीवार राति कलैया–वीरगंज सडकखण्डअन्तर्गत कलैया उपमहानगरपालिका–२३ स्थित सडकमा छड बोकेको ना ५ त ८२५० नम्बरको ट्याक्टर पछाडि बा ८० प ४०२१ नम्बरको मोटरसाइकल ठोक्किंदा चालकको शरीर र टाउकोभरि छड रोपिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–२१ बस्ने २४ वर्षका राजनकुमार रामको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताएका छन् । टयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बारा प्रहरीले जनाएको छ ।
<www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> Virus-free.www.avast.com <www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> <#DAB4FAD8-2DD7-40BB-A1B8-4E2AA1F9FDF2>

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
- Advertisement -
neelamb
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर