spot_img

ठाकुरराममा ११ दिनपछि तालाबन्दी खोलियो, पठनपाठन शुरु



वीरगंज, १५ वैशाख । ठाकुरराम बहुमुखी क्याम्पसमा लगाइएको तालाबन्दी ११ दिनपछि खोलिएको छ । बिहीवार भएको छलफलमा ताला खोल्ने र पठनपाठन सञ्चालन गर्ने सहमति भएको हो । आज बिहानदेखि पठनपाठन थालिएको निमित्त क्याम्पस प्रमुख अनिलकुमार रमणले जानकारी दिनुभयो । क्याम्पस प्रमुख डा उमेशप्रसाद चौरसियाले दिनुभएको राजीनामा फिर्ता गर्नुपर्ने र परीक्षा केन्द्र वीरगंजमै कायम गर्नुपर्ने माग गर्दै विभिन्न विद्यार्थी सङ्गठनले यही वैशाख ४ गते क्याम्पसमा तालाबन्दी गरेका थिए भने त्रिवि कर्मचारी सङघले पठनपाठन सञ्चालन गर्नुपर्ने माग गर्दै क्याम्पसमा तालाबन्दी गरेका थिए । तालाबन्दीका कारण विगत दुर्ई सातादेखि क्याम्पसको पठनपाठन प्रभावित हुँदै आएको थियो । विद्यार्थी सङ्गठनले उठाएका माग सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालयमा पत्र पठाएर पहल गर्ने सहमति भएसँगै ताला खोलिएको क्याम्पस प्रमुख रमणले बताउनुभयो ।
<www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> Virus-free.www.avast.com <www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> <#DAB4FAD8-2DD7-40BB-A1B8-4E2AA1F9FDF2>

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर