spot_img

होटल तथा पर्यटनले पनि उद्योग सरह मान्यता पाउने



वीरगंज, १७ वैशाख/ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले छिट्टै नीतिगत र प्रक्रिया अड्चनहरूलाई सच्याएर होटल तथा पर्यटन क्षेत्रलाइ पनि उद्योगसरह मन्यता दिने बताएका छन् ।
आज होटल तथा पर्यटन व्यवसायीहरूले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री रिजालले उक्त कुरा बताएका हुन् । होटल तथा पर्यटन व्यवसायी संघ वीरगंजका अध्यक्ष हरि पन्तको नेतृत्वमा गएको होटल व्यबासायीहरूको टोलीले पुलचोक मन्त्री निबासमै गएर आफ्नो विभिन्न मागहरू प्रस्तुत गरेका थिए ।
होटल तथा पर्यटन व्यवसायीहरूको टोलीले देश भर करिब ८० हजारको संख्या छरिएर यश क्षेत्रलाई सरकारले उद्योगको मान्यता दिए होटल तथा पर्यटन क्षेत्रले बिजुलीको रेटदेखि अन्य धेरै सुबिधा पाउने कुराको अध्यक्ष पन्तले ब्रीफ गरेका थिए ।
व्यवसायीहरूको समस्या सुनिसकेपछि मन्त्री रिजालले कोभिडदेखि हालसम्म होटल तथा पर्यटनक्षेत्रले सबैभन्दा बढी क्षति ब्यहोरेकोले आफ्नो सधै यस क्षेत्रसंग सदाशयता रहेको बताए । टोलीमा संघका वरिष्ठ उपाध्यक्ष रचिन्द्र थापा, केन्द्रिय सदस्यहरू माधव बस्नेत, हिरा श्रेष्ठ लगायत मिडियाकर्मीहरूको उपस्तिथि रहेको थियो ।

होटल व्यवसायीले बुझाएको ज्ञापनः

माननीय मन्त्रीज्यू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सिंहदरवार, काठमाडौं, नेपाल

विषयः होटेल ब्यवसायलाई उद्योगसरह मान्यता दिने सम्बन्धमा ज्ञापन ।

उपरोक्त सम्बन्धमा देशै भरका होटेल तथा पर्यटन ब्यवसायीहरू पछिल्लो झण्डै एक दशकदेखि मुलुकमा आउने कुनै न कुनै समस्याको चपेटामा परेर त्यसको नराम्रो प्रभावलाई सामना गर्दै आएका छौं। २०७२ को बैशाख १२ आएको विनाशकारी भुकम्पले होटेल तथा पर्यटन ब्यवसाय ठप्प बनाएको थियो। त्यसको प्रभावबाट ननिस्किदै नयाँ संबिधान बन्ने बेलामा तराई मधेश क्षेत्रबाट शुरू भएको साढे चार महिने नाका बन्दसहित झण्डै ६ महिना चलेको आन्दोलनको प्रभवले हामीलाई थाला बनायो। यि दुर्ई घट्नाक्रमले पारेको असरबाट निस्किन हामीले आधा दशक खर्च गर्नु पर्याे। होटेल तथा पर्यटन ब्यवसाय पुनः तंग्रिने प्रक्षेपण भइरहँदा देशमा भिजिट नेपाल २०२० कार्यक्रम पनि घोषणा भयो । तर, बिडम्बना विश्वब्यापी कोरोना महामारीको प्रभावले सबै प्रयासहरूलाई सोत्तर बनायो । शुरू नहुँदै भिजिट नेपाल कार्यक्रम सरकारले घोषणा गरेर नै स्थगन गर्ने बिकराल अवस्था माननीय मन्त्री ज्यू स्वयमले पनि अनुभूति गर्नु भएको होला।
कोरोना काल दोहोरिंदै लम्बियो र कतिपय होटेलहरू तथा रेस्टेरेन्ट बन्द भए, कतिपय ऋणमा डुबे, होटेलमा रोजगारी संकुचनमा पर्याे, लिजमा जग्गा तथा संरचना लिएर संचालित होटेल भाडा बक्यौतामा डुबे। यावत समस्या होटेल तथा पर्यटन ब्यवसाय क्षेत्रले सामना गरिरहँदा तत्कालीन सरकारले सहुलियत र राहतको मलम लगाउने काम गरेन।
‘होटेल तथा पर्यटन ब्यवसाय’लाई उद्योग सरह मान्यता दिने कुरा हामीले यसअघि पनि उठाउदै आएको विषय हो। यस्तो मान्यताले उद्योगहरूलाई प्राप्त हुने सहुलिय र सुबिधाहरू हामीले पनि पाउने आधार बन्छ। उद्यम र रोजगारीको भरपर्दाे स्रोत तथा वैदेशिक मुद्रा आर्जनको स्थापित माध्यम भएको र देशको आर्थिक विकासको राज्यद्वारा नै चिन्हित गरिएको महŒवपूर्ण क्षेत्र रहेको ‘होटेल तथा पर्यटन ब्यवसाय’लाई तंग्रिन र विकास गर्नमा यसले मद्दत मिल्ने छ। यी विषयहरूमा ध्यानाकर्षण गराउदै माननीय मन्त्री ज्यूसमक्ष ‘होटेल ब्यवसायलाई उद्योगसरह मान्यता दिलाउने’ पहल एवं नीतिगत तथा बिधिगत निर्णय अगाडि बढाउन यो ज्ञापनपत्र प्रस्तुत गछौं।
हरी पन्त (अध्यक्ष)

माधव बस्नेत (सचिव)

एवं होटेल तथा पर्यटन ब्यवसाय संघ, पर्सा वीरगंज ।

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर