spot_img

चार्टर अकाउन्टेन्ट रावल सिमराबाट पक्राउ



बारा, २२ वैशाख । चितवनका पोल्ट्री फर्म व्यवसायी शंकर कंडेलको आत्महत्या प्रकरणमा प्रहरीले उनका चार्टर अकाउन्टेन्टलाई सिमराबाट पक्राउ गरेको छ ।
कंडेलको परिवारले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले चार्टर अकाउन्टेन्ट जीवन रावललाई विहिवार राती सिमराबाट पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय सिमराको सहयोगमा चितवनबाट आएको प्रहरी टोलीले रावललाई नियन्त्रणमा लिएको हो ।
रावललाई राती नै चितवन लगिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । व्यवसायी कंडेलले आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोटमा रावलको नाम समेत उल्लेख गरेका छन् । बझाङ घर भएका रावल १० वर्षदेखि कंडेलको कम्पनीमा कार्यरत थिए ।
आफ्नो लगानीमा संचालित अनमोल फिड्सको शेयर खरिद गर्ने व्यवसायी प्रदीप रूङ्टासहित अकाउन्टेन्ट रावलका कारण आत्महत्या गर्न बाध्य भएको भन्दै कंडेलले सुसाइड नोट लेखेका थिए ।
<www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> Virus-free.www.avast.com <www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> <#DAB4FAD8-2DD7-40BB-A1B8-4E2AA1F9FDF2>

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर