spot_img

रौतहटमा चट्याङ लागेर महिलाको मृत्यु



रौतहट, ९ जेठ ।
मौलापुरमा मंगलबार बिहान चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
वर्षा, हावाहुरीसँगै परेको चट्याङ लागेर मौलापुर, पतौरामा ३५ वर्षीया प्रतिमा देवीको मृत्यु भएको हो । पतौरा गाँउछेउ गोठनजिकै ट्युबेलमा पानी भर्ने क्रममा बिहान ७ बजे अचानक चट्याङ लागेको बताइएको छ ।
चट्याङ लागेर प्रतिमा देवीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्स्पेक्टर नन्दकिशोर चौहानले बताए ।
शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर