spot_img

    २० लाख नगद सहित भारतीय युवक पक्राउ



    जनकपुर, ९ जेठ ।
    प्रहरीले धनुषाबाट हुन्डीको नगद सहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सितामढी घर भएका २५ वर्षीय रन्धिर ठाकुर छन् ।
    जनकपुर उपमहानगरपालिका–६ डोम्बाबारीमा ठाकुरले बोकेको झोला चेकजाँच गर्दा २० लाख नगद भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी वेद प्रसाद गौतमले रातोपाटीलाई बताए ।
    आरोपीले नगदको स्रोत खुलाउन सकेका छैनन् । आरोपीबारे अनुसन्धान भइरहेको डिएसपी गौतमले जानकारी दिए ।

    प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
    spot_img

    ताजा अपडेट्स

    सम्बन्धित खबर