spot_img

    भारु एक लाख ७३ हजारसहित एकजना पक्राउ



    वीरगंज, ९ जेठ ।
    प्रतिबन्धित भारतीय नोट रु एक लाख ७३ हजारसहित एकजना पक्राउ परेका छन् ।
    वीरगंज महानगरपालिका–१६ रजत जयन्ती चोक सडकखण्डमा प्रहरी चौकी ईनर्वाले चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट वीरगंज बजार आउंदै गरेका एकजनालाई प्रतिबन्धित भारुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
    ना २ प १११३ नं.को हिरो होण्डा मोटरसाइकलमा आइरहेका बारा कलैया उ.म.न.पा.वडा नं.१८ मोतिसर टोल बस्ने वर्ष ५४ को मेहीलाल प्रसाद साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनले पछाडी भिरेको नेवी ब्लु रंगको झोलाभित्र लुकाएको भारतीय रू.५००।– दरका नोट ३४६ थान, रू.२००।– दरका नोट ३ थान र रू.१००।– का नोट ३ थान गरी जम्मा भारतीय रू. एक लाख तिहत्तर हजार नौ सय प्रतिबन्धित भारुसहित पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ ।
    उनलाई आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा जिप्रका, पर्साले जनाएको छ ।

    प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
    spot_img

    ताजा अपडेट्स

    सम्बन्धित खबर