spot_img

    चितुवाको आक्रमणबाट बाराको खयरबारीमा महिला घाइते



    बारा, ९ जेठ ।
    बाराको जीतपुरसिमरा उपमहानगरपालिका १४ स्थित खयरघारीमा चितुवाको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् । मंगलवार चितुवाले आक्रमण गर्दा घाइते हुनेमा स्थानीय ३५ वर्षीय प्रमिला थिङ रहेकी छन् । डिभिजन वन कार्यालय बाराले प्रमिलालाई आक्रमण गर्ने बाघभन्दा पनि ठूलो प्रजातिको चितुवा भएको बताएको छ ।
    चितुवाको आक्रमणबाट उनको शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले बताएको छ । प्रमिलाको वीरगंजस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ की वडाध्यक्ष चयन गुरूङले प्रमिलाको अवस्था खतरामुक्त रहेको स्थानीय कपिल खरेलले बताए । प्रमिलालाई घर नजिकैको जंगलमा बाघले आक्रमण गरेको हो ।

    प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
    spot_img

    ताजा अपडेट्स

    सम्बन्धित खबर