spot_img

    छिपहरमाई गापामा अख्तियारको छापा



    वीरगंज, १० जेठ ।
    अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको टोलीले मंगलवार छिपहरमाई गाउँपालिका कार्यालयमा छापा मारेर उजुरी परेका योजना सम्बन्धी फाइल र कागजातहरू नियन्त्रणमा लिएको छ ।
    गाउँपालिकाको काम कारबाई र विकास निर्माणमा गरिएको भ्रष्टाचारविरूद्ध परेका उजुरी सम्बन्धी कागजात माग गर्दापनि गापा कार्यालयले उपलब्ध नगराएपछि मंगलवार अख्तियार टोलीले कागजात नियन्त्रणमा लिएको अख्तियारका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिए ।
    उनले गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतविरूद्ध १५ वटा उजुरी परेको बताए ।
    यसबारेमा गापा अध्यक्ष्F मनोज गुप्ताले छापामारी नभएको दावी गर्दै परेको उजुरी सम्बन्धी कागजातहरू अध्ययनका लागि अख्तियार टोलीले लगेको बताएका छन् ।

    प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
    spot_img

    ताजा अपडेट्स

    सम्बन्धित खबर