वीरगंज १६ जेष्ठ ।
बीरगंजको रानीघाटमा अवस्थित जीवन ज्योती माध्यमिक बिद्यालयले आज एक समारोहका बीच इन्भेटिचर सेरोमनी (ब्याच बितरण) कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथी सशस्त्र प्रहरी बल १३ नं. हेडक्वाटर बीरगंजका सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाले पानसमा दिपप्रजवलित गरि कार्यक्रमको बिधिवत रुपमा उद्घाटन गर्नु भएको हो ।
बिद्यालयमा अध्यन्नरत कक्षा एक देखी १० सम्मका बिद्यार्थीहरु मध्ये छानिएका ६० जना क्याप्टेनहरुलाई ब्याच बितरण गरिएको थियो । कार्यक्रममा इन्जिनियर राजेश गुप्ता, डा.उदय नारायण सिंह, होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्त, नेपाल पत्रकार महासंघ पर्साका प्रदेशसभा सदस्य पत्रकार प्रणय कुमार, महेशचन्द्र गौतमले उक्त बिद्यार्थीहरुलाई स्कुल क्याप्टेन, सहायक स्कुल क्याप्टेन, एकेडेमिक प्रिफेक्ट, डिसिप्लिन प्रिफेक्ट, हाउस क्याप्टेन र इंगलिस स्पिकिङ्ग सोसाईटीको ब्याच बितरण गर्नु भएको थियो ।
व्याच बितरण गर्दै सशस्त्र प्रहरी उपरीक्षक थपलियाले व्याच पाएका बिद्यार्थीहरुले घमण्ड गर्नु नहुने र नपाएका बिद्यार्थीहरुले आफ्नो मन छोटो नगर्न बताउनु भयो । वहाँले बिद्यार्थीहरुको भबिष्य स्वयम बिद्यार्थीहरुको हातमा रहेको हुनाले शिक्षकहरुले पढाएको कुरा राम्ररी सिख्नु पर्ने बताउनु भयो ।
बिद्यार्थीहरूको नेतृत्व बिकासका लागि उल्लेखित बिद्याहरूमा प्रोत्साहन स्वरूप ब्याच बितरण गरिएको स्कुलकी संचालिका मिनाक्षी गुप्ताले बताउनुभयो ।
जीवन ज्योती माध्यमिक बिद्यालयका प्रधानाध्यापक शिव प्रसाद गुप्ताको अध्यक्षतामा आयोजित कार्यक्रममा शिक्षक रिचर्ड हेडेनले स्वागत भाषण गर्नु भएको थियो भने अर्का शिक्षक उजवल घिमिरेले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो । हाल उक्त बिद्यालयमा करिब १२ सय बिद्यार्थीहरु अध्ययनरत रहेको छन ।

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्