spot_img

    मधेशमा ३ डिग्री सेल्सियस तापक्रम बढ्यो



    बारा, २३ जेठ । मधेसमा गत वर्षको तुलनामा यस वर्ष तीन डिग्री सेल्सियसले गर्मी बढेको छ । नागरिक उडडयन कार्यालय सिमराका मौसम शाखाका सहायक मौसम विज्ञ लक्ष्मण प्रसाद न्यौपानेका अनुसार बारामा गत वर्षको तुलनामा ३ डिग्रीले तापक्रम बढेको बताएका छन् ।
    यस वर्ष सिमरा आसपास अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म पुगेको छ भने गत वर्ष यस क्षेत्रमा अधिकतम तापक्रम ३९ डिग्रीसम्म रहेको उनले जानकारी दिए । वर्षभरिको तापक्रम मापन हेर्दा गत वर्ष अधिकतम ३८ दशमलव ८ डिग्री तापक्रम मापन भएकोमा यो वर्ष ४१ दशमलव २ डिग्री तापक्रम रेकर्ड भएको छ, मे ३१ तारिखमा सिमरा विमानस्थलमा रेकर्ड भएको तथ्याङ्क हो यो, सहायक मौसम विज्ञ न्यौपानेले भने । हावामा ‘मोस्चर’ (पानीको मात्रा) घट्दो रहेकाले तापक्रम अझ बढ्ने सम्भावना रहेको उनले बताए ।
    जल तथा मौसम विज्ञान फिल्ड कार्यालय सिमराको यो तथ्याङ्क सिमरा आसपासको भए पनि जिल्लाको दक्षिणतर्पm भने तापक्रम अझ बढी रहेको अनुमान गरिएको छ ।

    प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
    spot_img

    ताजा अपडेट्स

    सम्बन्धित खबर