spot_img

    छ लाख मूल्य बराबरको तस्करीको कपडा र चकलेट नियन्त्रण



    वीरगंज, २३ जेठ/ जिल्ला प्रहरी कार्यालय, पर्साले भन्सार छली चोरी पैठारी गरी ल्याएको छ लाख मूल्य बराबरको कपडा र चकलेट बरामद गरेको छ ।
    सूचनाको आधारमा गएराति ११ बजे वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोकस्थित सडकखण्डबाट भन्सार छली चोरी पैठारी गरी १०/१२ जना व्यक्तिहरूले टाउकोमा विभिन्न किसिमका लत्ताकपडाहरू तथा चकलेट वीरगंज भित्राउदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ता तथा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ मालबस्तुहरू छाडेर फरार भएका थिए ।
    ६ लाख ५४ हजार ६८५ मूलय बराबरको बिभिन्न किसिमका लत्ताकपडाहरू तथा चकलेटहरू कारबाईको लागि आज वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिप्रका, पर्साले जनाएको छ ।

    प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
    spot_img

    ताजा अपडेट्स

    सम्बन्धित खबर