spot_img

    विदेश पठाइदिने भन्दै ३७ जनासंग करोडौ ठगी गरेको आरोपमा चौधरी पक्राउ



    करोडौ रकम ठगी गरेको आरोपमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारागढी गाउँपालिका १ का ३७ वर्षीय बिजयकुमार चौधरी रहेका छन् ।
    विदेश पठाइदिने भन्दै ३७ जना भन्दा बढी व्यक्तिसंग करोडौ रकम ठगी गरेको आरोपमा चौधरीलाई पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिएका छन् । चौधरीमाथी करिब एक करोड ११ लाख ठगी गरेको आरोप छ ।
    प्रहरी उपरीक्षक बोगटीका अनुसार बैदेशिक रोजगारीमा आकर्षक तलब पाउने भन्दै ३७ जना भन्दा बढीसंग चौधरीले रकम लिएका थिए । रकम लिएका चौधरीले विदेश नपठाएपछि स्थानीयले प्रहरीमा उजुरी दिएका थिए ।
    चौधरीलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी कारवाही सुरु गरिएको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए ।

    प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
    spot_img

    ताजा अपडेट्स

    सम्बन्धित खबर