spot_img

सीमा क्षेत्र घोडासहनमा प्रहरी र डाँकाबीच भीडन्त, दुईजना डाकाँको मृत्यु



वीरगंज, ११ असार/ नेपाल–भारतको सीमावर्ती क्षेत्र भारतको घोडासहनमा गएराति डाँका र प्रहरीबीच भीषण भिडन्त भएको छ । भीडन्तमा दुईजना डाँको मृत्यु भएको मोतीहारी प्रहरीले जनाएको छ ।
डाँकाले सो सीमा क्षेत्रमा एक दर्जनभन्दा बढी बम विस्फोट गराउँदा तीनजना प्रहरी घाइते भएका छन् ।
त्यसपछि डाँकाहरु नेपाल प्रवेश गरेर बेपत्ता भएको मोतीहारी प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले पेस्तोल, बन्चरो, ग्यास कटरलगायतको वस्तु बरामद गरेको छ भने सो स्थानबाट संदिग्ध केही व्यक्तिलाई पक्राउ गरी सोधपुछ गरिरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर