spot_img

काश्मीरमा बढदै गएको पर्यटकीय सम्भावना



– अनिल तिवारी काश्मीरमा सम्मपन्न भएको जी २०को बैठकले आर्थिक अवसर प्रदान गर्नुका साथै भारतका अरु राज्यहरुसंग काश्मीर उपत्यकाका युवाहरुलाई वैचारिक एकीकरणमा ठुलो योगदान पुर्याउने अवसर प्रदान गरेको छ । सन् २२ को दिसंबरमा भारतले जी २० को अध्यक्षमा पाएपछि प्रधानमंत्री नरेन्द्र मोदीले मुलुकको लागी आफ्नो शक्ति प्रदर्शन गर्ने एक उत्तम समय साबित हुने धारणा व्यक्त गरेका थिए । उनले भनेका थिए ,‘भारतले गरेको जी २०को अध्यक्ष पुरै वैश्विक समाजमा,सबैको समान सहभागीताको एक ठुलो उदाहरण बन्ने छ र भारतका हरेक प्रदेश र केन्द्र शासित राज्यहरुलाई वैश्विक निवेश र पर्यटनका आकर्षक ठाउको रुपमो प्रस्तुत गरिने छ । जसले गर्दा स्न २२ देखि २४को मईसम्म शान्त कश्मीरमा तेश्रो जी २०को टूरिजÞ्म वर्किंग सम्मेलनले यो क्षेत्रको पर्यटनमा ठुलो गति ल्याउनुका साथै भारत को शान्ति सुरक्षाको अवस्थालाई बहाली गर्नुको साथै वैश्विक शक्ति प्रदर्शनको लागी पनि सबैको सहभागीलाई पनि ठुलो महत्व दिईएको छ । जी २०को तेश्रो बैठक कश्मीरमा राखिनुको मोदी सरकारको मुख्य उदेश्य भारतलाई निडर भू–राजनीतिक रुखÞको रुपमा प्रस्तुत गर्नुका साथै जी २०को बैठकमा काश्मीर आउने अतिथिहरुलाई उपत्याकाको असाधारण पर्यटन संभावनाको साक्षी बनाउने एउटा अवसरको रुपमा पनि प्रस्तुत गरेको छ ।
गुजरात कच्छको रण र पश्चिम बंगाल मनमोहक सिलिगुड़ीमा फरवरी र अप्रैल महिनामा टूरिजÞ्म वर्किंग समितिको पहिलो र दोश्रो बैठकको आयोजना गरिएको थियो । तर टिडब्लुजी को तेश्रो बैठक कश्मीर आयोजना गरिनुको मुख्य लक्ष्य भारतले काश्मीर प्रतिको निडर भू–राजनीतिक रुखÞ वैश्वीक समाज समक्ष राखेको बुझन सकिन्छ । हजÞारौ स्थानिहरुको लागी यो बैठकले स्थानीय परम्ंपरा अनुसारको जस्तो कश्मीरी हैंडलूम, पश्मीना, ड्राई फ्रूट्स र पुरै विश्वमा प्रसिद्ध केसरलाई प्रदर्शित गर्ने ठुलो अवसर प्रदान गरेको छ । योे सम्मेलन कश्मीरी समाजका सबै बर्गका लागी हरित, समावेशी र पर्यावरण सापेक्ष पर्यटन विकासको लागी ठुलो वैश्विक एजेंडामा सहभागी हुने अवसर पनि पर्दान गरेको छ । राज्यमा बहाली हुदै गएको शान्तिले पर्यटनको सम्भावना र पर्यावरण प्रति यो उपत्यकालाई अझ सम्ंवेदनशील प्रकृति (इको–सेंसिटिव नेचर) माथी विचार गर्ने अवसर प्रदान गरेको विशलेषण गर्न थािलएको छ । साथै जी २०को तेश्रो बैठकले स्थानीय प्रशासनलाई सतत विकास लक्ष्यहरु हासिल गर्नुतर्फ उन्नमुख गर्नुका साथै विश्वका सबै सर्वश्रेष्ठ पद्धतिहरु बुझने शिक्षा लागी सक्षम बनाउने आशा समेत लिइएको छ ।
प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर