spot_img

नयाँ ऐन अनुसार पर्सा, बारा र रौतहटमा कतिजनाले पाए नागरिकता



वीरगंज, १५ असार । जिल्ला प्रशासन कार्यालय, पर्साबाट ५ सय ५४ जनाले नागरिकता प्राप्त गरेको जनाइएको छ । २०६३ सालको टोलीमा १५ हजारको हाराहारीमा जन्मसिद्धका आधारमा नागरिकता लिएको तथ्याङ्क देखिन्छ । सो अनुसार पर्सामा ४५ हजारको संख्यामा नागरिकता वितरण हुने अनुमान गरिएको उनले बताए । उनका अनुसार ६ हजार जनाले टोकन लिइसकेका छन् ।
जिल्ला प्रशासन कार्यालय बाराले बिहीवारसम्म ११३ जनालाई नयाँ ऐन अनुसार नागरिकताको प्रमाणपत्र वितरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जनाए ।
रौतहटमा ७८ जनाले नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत निरजकुमार श्रीवास्तवले नागरिकताको प्रमाणपत्र लिन ऐनमा तोकिएका कागजातहरू पूरा गरी आएका जन्मसिद्ध नेपाली नागरिकका सन्तानलाई निर्वाध रूपमा नागरिकता वितरण गरिआएको बताए ।
गत जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक प्रमाणीकरण गरेपछि जन्मसिद्ध नागरिकका सन्तानहरूले नागरिकता पाउने व्यवस्था भयो । तर सो ऐन विरूद्ध सर्वाेच्चमा रिट निवेदन परेपछि नागरिकता वितरण गर्न तम्तयार जिल्ला प्रशासन कार्यालयहरू रोकिए । गत बिहीवार सर्वाेच्च अदालतले अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेसँगै नागरिकता ऐन कार्यान्वयनको बाटो खुल्यो । गत आइतवारदेखि नागरिकता वितरण शुरू गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर