spot_img

    वीरगंज मनपाले राष्ट्रिय वाणिज्य बैंकको पर्खाल भत्कायो



    वीरगंज, १७ असार । सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएको भन्दै वीरगंज महानगरपालिकाले राष्ट्रिय वाणिज्य बैंकको पर्खाल भत्काएको छ ।
    सार्वजनिक जग्गामा बैंकले निर्माण गरेको २३ फिट अग्लो पर्खाल हटाउन पटक–पटक आग्रह गर्दासमेत बेवास्ता गर्दै आएकाले पर्खाल भत्काइएको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सरफुदिन मियाँँले जानकारी दिनुभयो ।
    लामो समयदेखि बैंकले उक्त जग्गा खाली गर्ने प्रतिवद्धता व्यक्त गरे पनि पर्खाल नहटाएपछि नगरप्रमुख राजेशमाज सिंहको निर्देशनमा उक्त स्थानमा डोजर चलाइएको उहाँले बताउनुभयो ।
    प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
    spot_img

    ताजा अपडेट्स

    सम्बन्धित खबर