spot_img

    वीरगंजको पशुपतिनाथ मन्दिरमा श्रावण महिना भरि मेला लाग्ने



    वीरगंज १८ असार । वीरगंज महानगरपालिका र विश्व हिन्दु परिषदको समन्वयमा वीरगंजको पशुपतिनाथ मन्दिरमा श्रावण महिनाभरि मेला लाग्ने भएको छ ।
    तिथि अनुसार असार १९ गतेबाट श्रावण महिना शुरू हुने भएकोले सोही दिन बिहान घडिअर्वा पोखरीमा जल भरि नगर परिक्रमा गरी चिनी मिल स्थित पशुपतिनाथको शिवलिङ्गमा जल अभिषेक गर्ने कार्यक्रम रहेको छ । श्रावण महिनाभरि प्रत्येक सोमवार जल अभिषेक गर्ने र श्रावण महिना भरि चिनी मिल परिशरमा मेलाको आयोजना गरिने विश्व हिन्दू परिषदले जनाएको छ ।
    प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
    spot_img

    ताजा अपडेट्स

    सम्बन्धित खबर