spot_img

    मधेस विश्वविद्यालयद्वारा कानुन सङ्कायको कक्षा सञ्चालन गर्दै



    वीरगंज, २४ असार/ चालु शैक्षिकसत्रबाट कानुन र सामान्य जनप्रशासन संकायको कक्षा सञ्चालन गर्ने तयारीमा रहेको मधेस विश्वविद्यालयले पाठ्यक्रमलाई अन्तिम रूप दिन सरोकारवालासँग सुझाव सङ्कलन गरेको छ ।
    स्थापनाकालदेखि नै भौतिक पूर्वाधार र जनशक्तिको अभाव खेप्दै आएकोे मधेस विश्वविद्यालयले चालु शैक्षिकसत्रदेखि बीए, एलएलबी र समान्य जनप्रशासन सÍायको कक्षा सञ्चालन गर्ने अन्तिम गरेको छ ।
    यसका लागि प्रारम्भिक कार्यहरू पूरा गरी मधेस विश्वविद्यालयद्वारा गठित पाठ्यक्रम विकास समिति र काठमाडौं विश्वविद्यालयको विज्ञ टोलीले तयार पारेको पाठ्यक्रमलाई अन्तिम रूप दिन मधेस प्रदेशका आठवटै जिल्लाका सरोकारवालासँग विश्वविद्यालयले छलफल गरेको उपकुलपति दीपक शाक्यले जानकारी दिए ।
    प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
    spot_img

    ताजा अपडेट्स

    सम्बन्धित खबर