spot_img

    सामुदायिक श्रीपुरद्वारा सचेतनामूलक पर्चा वितरण



    वीरगंज, २५ असार । सामुदायिक सेवा केन्द्र श्रीपुरले सोमवार सचेतनामूलक पर्चा, पम्पलेट वितरण गरेको छ ।
    सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र श्रीपुरले वीरगंज–११ ले वीरगंज महानगर–१३ स्थित तेजारतटोलमा लैङ्गीक हिंसा सम्बन्धी र एकद्वार संकट व्यवस्थापन केन्द्र जानकारी सम्बन्धी पर्चा पम्पलेट वितरण गरेको हो ।
    सामुदायिक सेवाकेन्द्रका सचिव कुल नारायण प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी हवल्दार ओमप्रकाश साह, लालुमाया महतोले सय थान लैंगिक हिंसा र एकद्वार संकट व्यवस्थापन केन्द्र सम्बन्धी जानकारी तथा पर्चा पम्पलेट वितरण गरेको थियो ।
    प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
    spot_img

    ताजा अपडेट्स

    सम्बन्धित खबर