spot_img

मधेस प्रदेशको उत्तरी भागमा भारी वर्षा



वीरगंज, २३ साउन । साउन २३ गते बिहान ६ बजेको नेपाली आकाशमा छाएको मनसुनी बादल र त्यस्ले पारी रहेको वर्षा को ताजा अवस्था यसप्रकार छ ।
जल तथा मौसम बिज्ञान बिभाग अनुसार बर्दिया, धन्बास क्षेत्रमा पछिल्लो ६ घन्टा मा मात्रै १५५ मिमि वर्षा भएको छ, जुन भारी वर्षा हो । त्यस क्षेत्रका नदि नालामा बाढी र बस्तीमा डुबानको जोखिममा परेको छ । सिन्धुलीको हरिहरपुर क्षेत्रमा २०५ मिमि, धनुषा, बर्दिवास मा १७३ मिमि वर्षा भएको छ । पछिल्लो १२ घन्टाको अवस्था हेर्दा लुम्बिनी प्रदेश, बागमती प्रदेश र मधेस प्रदेशको उत्तरी भागमा पनि भारी वर्षा भएको छ ।
आज दिनभरी नै वर्षाको संभावना छ । आगामी २–३ दिन सम्म यो अवस्था कायम रहने देखिन्छ । काठमाडौं उपत्यकामा पनि आज बिहानै देखि लगातार वर्षा भैरहेको छ । उपत्यका का धेरै नदि सतर्कताको लेबल मा पुगेका छन ।
सडक यातायात गर्दा वर्षा र बाढीको अहिलेको अवस्था र पूर्वानुमान हेरेर मात्र यात्रा गर्न सचेत गराइएको छ ।
प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर