बेलायत ३० भदौ । इङ्गल्याण्डको स्विण्डन स्थित ‘ नेपाली समाज विल्शायर ( NAW )’ ले बेलायतको ससद भवनमा दशै मनाउने अवसर प्राप्त गरेको छ। अति बिशिष्ठ स्थानको रुपमा चिनिने लण्डनको हाउस अफ कमन ( House of Common ) मा दशै मनाउने स्वीकृति पाए सङ्गै आयोजक सस्था NAW ले आगामी अक्टोबर २६ का दिन दशैंको द्वादशीको अवसरमा दशैंलाई विशेष रुपमा सभ्य र भव्य तरिकाले मनाउने गरी ब्यापक तयारीमा जुटेको छ ।
“लण्डनको हाउस अफ कमनमा दशै मनाउनको लागि स्वीकृति पाउनुनै हाम्रो लागि गर्वको कुरा हो” संस्थाका अध्यक्ष ज्ञान प्रसाद गुरुङ्गले भन्नु भयो “बेलायतको संसद भवन भित्र नेपाली कला-संस्कृती र रितीरिवाजलाई झल्काउन पाउने यो अवसरलाई हामिले हाम्रो गर्भको रुपमा लिएका छौ । ”
सितिमिती जोसुकैको पहुँच भन्दा बाहिर रहने बेलायतको संसद भवनमा नेपालीहरुको महान चाड मनाउन पाउनु आफैंमा चानचुने कुरा भने होईन । यो अवसर प्राप्त गर्नको लागि ठुलै मेहनत र पहुँच को पनि आवस्यकता पर्ने गर्छ । यस्का लागि कन्जरभेटिव पार्टिका सांसद रोवर्ट वुकल्याण्डले ठूलो भुमिका खेलिदिएको बताउदै संस्थाका अध्यक्ष गुरुङ्गले भने “यो स्थानमा दशै मनाउन पाउनुले हाम्रो रितिरिवाज र कलासँस्कृतीलाई विश्व समुदायसम्म फैलाउन ठूलो टेवा पुग्नेछ । ”
महत्व र सुरक्षाका दृष्टिकोणले अति उच्च स्थानको रुपमा लिइने हाउस अफ कमनमा हालसम्म कुनै पनि नेपाली संस्थाले कार्यक्रम गर्ने अवसर नपाएको र आफुहरुले यो सुवर्ण अवसर पाएकोले स्थानका आधारमा पनि यसपालीको दशैं थप विशेष, अविस्मरणिय र उल्लासमय हुने आयोजक संस्थाकी सचिव जेनिशा थापाले बताईन् । आयोजक संस्थाले सो दिन १ बजे देखि ५ बजेसम्मको लागि विशिष्ट हल बुक गरेको छ । साथै सहभागीहरुलाई स्विण्डन देखि कार्यक्रम स्थलसम्म स:शुल्क यातायातको ब्यवस्था समेत गर्ने भएको छ । जम्मा १७० जना क्षमता भएको सो हलमा नेपाली कला-संस्कृती झल्कने गीत/संगीत लगायत मौलिक नेपाली भोजनको ब्यवस्था रहने सचिव थापाले वताईन् ।कार्यक्रमको लागि स;शुल्क टिकटको ब्यवस्था गरिएको बताउँदै सचिव थापाले सो अवसरमा सामेल हुन इच्छुक नेपालीहरुले आयोजक संस्था NAW वेबसाईट मार्फत या फोन न ०७५५२२१७४३५ र ०७३८४६८९९१४ मार्फत सिधै सम्पर्क गर्न सकिने जानकारी समेत दिईन् ।

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्